सपना पनि झुटा देखे…


लेखापढी      २ बैशाख २०७७, मंगलवार १२:३९

सपना पनि झुटा देखे…
सपनामा मेरो देश स्वीटजरल्याण्ड भएको देखे,
पानीजहाज अनि द्रुतगतिको रेलमार्ग देखें ।
 
एक घर, एक रोजगार भएको देखें।
छैन अँध्यारो वस्तीहरूमा उज्यालो भएको देखें,
स्वार्थ त्यागेर देश, समाज बना भन्ने नेता देखे ।।
 
सुशासनमा लागेका नेताहरु कमिलाको झैं तांती देखें।
जताततै सुशासन र समृद्धिको वेग देखें ।।
 
तर सबेरै बिउँझिएर हेर्दा…
मेरो देशका शासक डेटिङ, सेटिङ, प्लटिङमा लिप्त देखे।
भ्रष्टाचारमा चारैतिर रनभुल्ल भएको पाएँ ।
सपना देखाउने नेताको देशमा सपना पनि झुटा देखे ।।
 
गणतन्त्रको छत्र छायाँमा लुटतन्त्र, भ्रस्टतन्त्र पाए,
जनताको हरिबिजोग भएको पाएँ ।।
 
रघुबीर चन्द
बेदकोट-३, कन्चनपुर