भारतमा लकडाउन बैशाख २१ सम्म: तीन साता लम्ब्यायो लकडाउन


लेखापढी      २ बैशाख २०७७, मंगलवार १३:०४

भारतमा लकडाउन बैशाख २१ सम्म:  तीन साता लम्ब्यायो लकडाउन

भारतले कोरोना भाइरस (कोभिड-१९) को संक्रमण फैलिन नदिन लगाएको लकडाउन थप तीन साता लम्ब्याएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले लकडाउन मे ३ अर्थात वैशाख २१ गतेसम्म बढाउने घोषणा गरेका हुन् ।

कोरोनाभाइरसको जोखिम कम गर्न गरिएको लकडाउनलाई भारतले लकडाउन थप गरेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बताएका छन्।

भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुने मानिसको संख्या १० हजार नाघेको छ । एकै दिन १ हजार बढी संक्रमित फेला परेपछि यहाँका कुल संक्रमितको संख्या १० हजार ३ सय ६३ पुगेको हो ।

 

भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार, कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पनि ३ सय ३९ पुगेको छ । भारतमा पछिल्लो २४ घण्टामा मात्रै यो संक्रमणका कारण ३१ जनाको मृत्यु भएको छ ।

विविसी नेपाली लगायत समाचार एजेन्सीकाे सहयाेगमा