काेराेना भाइरसःसनसिटीबाट अस्पताल लगिएका दुई जनामा कोरोना संक्रमण पुष्टि, अपार्टमेन्टमा बस्नेहरुमा कोरोना संक्रमण परीक्षण गरिने


लेखापढी      २ बैशाख २०७७, मंगलवार १४:३०

काेराेना भाइरसःसनसिटीबाट अस्पताल लगिएका दुई जनामा कोरोना संक्रमण पुष्टि, अपार्टमेन्टमा बस्नेहरुमा कोरोना संक्रमण परीक्षण गरिने

पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टमा लण्डनबाट आई बसोबास गर्ने एकै परीवारका ३ जना कोभिड-१९ को शंकास्पदहरूको मिति २०७७ साल बैशाख १ गते आरडीटी विधिबाट परीक्षण गर्दा दुई जना (५८ बर्षिया पुरुष, ८१ बर्षिया महिला) को पोजेटिभ देखिएकोले पीसीआरबाट थप परिक्षण गर्दा समेत पोजेटिभ रिपोर्ट देखिएको छ भने बाँकी १ जनाको हालको परिक्षणमा कोभिड-१९ पोजेटिभ नदेखिएको र उल्लेखित ३ जना व्यक्तिहरू क्वारेन्टाईन टाउन प्लानिंङ स्थित निवासमा बसोबास गर्दै आएको जानकारी स्वास्थ मन्त्रालयले दिएकाे छ । 

उक्त अपार्टमेन्टमा बस्ने व्यक्तिहरूको परिक्षण आजैबाट सुरू गरिने र निजहरू संग संलग्नहरूको tracing सुरू भइसकेकाे जानकारी स्वास्थ्य मन्त्रालयले दिएकाे छ  ।

पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टमा लण्डनबाट आई बसोबास गर्ने एकै परीवारका ३ जना कोभिड-१९ को शंकास्पदहरूको…

Posted by Ministry of Health and Population-Nepal on Tuesday, 14 April 2020
याे सँगै नेपालमा काेराेना भाइरसबाट संक्रमित हुनेहरूकाे संख्या १६ जना पुगेकाे छ । 
लेखापढी