युएई एनआरएनएले नेपाल जान चाहने व्यक्तिको विवरण संकलन गर्दै


लेखापढी      २९ चैत्र २०७६, शनिबार १८:३३

युएई एनआरएनएले नेपाल जान चाहने व्यक्तिको विवरण संकलन गर्दै

युएई, ११ अप्रिल २०२०
युएईमा रहेको गैर आबासिय नेपालीहरुको संस्था नेपाल एसोसियसन (एनआरएनए) ले त्यहाँ अबस्थित नेपाल जान चाहने नेपालीहरूकाे तथ्यांक संलकन कार्य सुरु गरेको छ।

अहिलेसम्म पाएको जानकारीहरु पूर्ण नभएको वताउँदै यसलाई पूर्णता दिएर नेपाल सरकार र कुटनितीक नियोग समक्ष पेश गरी नेपाल जाने व्यवस्था मिलाउन अनुरोध गर्नका लागि तथ्य तयार पार्न युएई एनआरएनएले नेपाल जान चाहने व्यक्तिको विवरण संकलन गर्न लागेकाे छ ।

एनआरएनए जनरल सेक्रेटरी रहेका युवा समाजसेवी नरेस सेनका अनुसार अहिले तत्काल अनलाइन मार्फत फाराम बितरण गरी सम्पुर्ण नेपालीहरुको वास्तबिक ठेगाना, संपर्क मार्फत जुनसुकै समयमा यथासिघ्र पहुचमा रहन सजिलो हुने साथै दु:खमा परि नेपाल जान चाहने नेपालीहरुको पहिचान गरी नेपाल सरकारमा अझ वास्तबिक बस्तुस्थितीको सुचना दिन सकिने जानकारी प्राप्त भएको छ।

अनलाइनका फाराम भर्नका लागि तलकाे लिंकमा क्लिक गर्नुहाेला ।

फाराम भर्नका लागि यहाँ क्लिक गर्नुहाेला ।

लेखापढी