युएईमा रहेका नेपाली स्वदेश फर्काउन एनआरएनकाे पहल


लेखापढी      २७ चैत्र २०७६, बिहीबार १९:२३

युएईमा रहेका नेपाली स्वदेश फर्काउन एनआरएनकाे पहल

युएइ, अप्रिल ९, २०२०
रोजगारिका लागि सुरक्षित गन्तब्य मुलुक युएई मा हाल करिब तीन लाख बढी नेपाली रहेको अनुमान गरिएकाे छ । नेपालीहरु त्यहाँ रोजगारिका साथै बिभिन्न ब्यापारमा स-परिवार आबद्ध रहेका छन । एनआरएन युएईले तत्कालका लागि नेपालीहरुको तथ्यांक संकलन गर्ने, नेपालीहरु बस्ने स्थान तथा क्याम्पहरुमा आबश्यक खाद्य सहयोगका साथै बिभिन्न समाचारहरुबाट तर्सित नेपालीहरुलाई मनोबल उच्च राख्न सकारत्मक परामर्शहरु प्रदान गर्ने कार्य गर्दै आएको छ ।

शनिबार ११ तारिक दिउसो ३ बजे युएइमा नेपाली राजदुतसँग दुताबासमा युएइमा रहेका नेपालीहरूलाइ फिर्ता पठाउने विषयमा छलफल हुन गइरहेकाे जानकारी जनरल सेक्रेटरी नरेस सेनले दिनुभयाे ।

कोरोनाका कारण युएईमा धेरै नेपालीहरुले आफ्नो काम गुमाउनु परेको, भिजिटमा रहनु हुने नेपालीहरुलाई खान बस्न समस्या परेको, हाल काम गरिरहेका कामदारहरुको कम्पनीले तलब घटाएको लगाएतका समस्याका कारण यतिबेला युएईमा धेरै नेपाली अलपत्र अवस्थामा रहेको जानकारी संघले दुताबासलाई गराइ सकेकाे छ।

एनआरएन युएई ले नेपाली समुदायका लागि ले सदैब जिम्मेवारि पुर्ण तवरले कार्य गर्दै आएकोमा युएईमा रहनु भएका नेपालीहरुबाट सकारात्मक प्रतिकृया प्राप्त भएको छ ।

लेखापढी