नेपाली शान.. दिबस पोखरेल अर्थात अर्थर गन ~ The American Idol


लेखापढी      २६ चैत्र २०७६, बुधबार १२:५९

नेपाली शान.. दिबस पोखरेल अर्थात अर्थर गन ~ The American Idol

टप २० मा पुग्न सफल “अर्थर गन”- नेपाली युवा गायक दिवस पाेखरेल

नेपाली गीत संगीतको बजार सानो छ, नेपाली बाहेक अरुले बुझ्दैनन, सुन्दैनन भन्ने गरिन्छ । तर गीत संगीत मा सफल हुन कुनै एक निश्चित स्थान, भौगोलिक बनावट वा एउटै भाषा चाहिन्छ भन्ने पनि छैन । बिबिधता मा नै एकता छ र सफलता नै बिबिधतामा लुकेको हुन्छ भन्ने कुराको उदाहरण बनेका छन, एक प्रतिभावान नेपाली युवा गायक दिबस पोखरेल अर्थात अर्थर गन । नेपाली युवा गायक दिवस पोखरेल अर्थात अर्थर गन अहिले अमेरिकामा चलिरहेकाे विश्वकाे चर्चित साे अमेरिकन आइडलकाे टप २० मा पुग्न सफल भएका छन् ।

Arthur Gunn Aka Dibesh Pokharel American Idol Contestant ...
“अर्थर गन”- नेपाली युवा गायक दिवस पाेखरेल

करिब ६ बर्ष अघी काठमाडौंका दिबस पोखरेल अमेरिका बस्ने आफ्नो दिदिको सहयोगमा उच्च शिक्षा अध्ययन गर्न अमेरिका गएका थिए साथै पछिल्लो समयमा आमा र बुवा पनि सँगै हुनुहुन्छ । परिवारमा आफन्त कोही सांगितिक क्षेत्रमा नरहे पनि आमाबाट प्राप्त “गितार” जीवनको पहिलो उपहार थियो । बाल्याबस्थादेखि नैं गीत-संगीत प्रति लगाव राख्ने दिबस अमेरिकास्थित कान्सस राज्यको विचिटा शहर पुगे जहाँ उनी स्थानिय लोक संगीत (Bluegrass & country Music) मा रमाए, केही नौलो सांगेतिक स्वाद पाए।

Dibesh Pokharel aka Arthur Gunn | The Rock Show – Abhishek S. Mishra

सांगितिक यात्रामा Arthur Gunn को नाम ले बेग्लै पहिचान पाएका साथै ससक्त आवाजका धनी उनले आफ्नै शब्द संगीतमा आठ (८) वटा उत्कृष्ट गीत रहेको पहिलो एल्बम “ग्रहण” सन २०१८ मै बजारमा ल्याएका थिए ।

“जोन मार्टेन, निक ड्रेक, बोब ड्यालन, बुक्का व्ह्याईट, रोबर्ट जोनसन, हाउलिन उल्फ, सन्नी बोई र जोन लि हूकर” जस्ता प्रख्यात रक-पप गायकहरु बाट उत्प्रेरित प्रतिभाशाली नेपाली युवा विश्व कै प्रशिद्ध शो “The American Idol” मा उपस्थित भएका थिए । शो मा प्रबेश गर्दै नेपालीमै “नमस्कार” गरी स्टेजमा देखिएका दिबस पोखरेलले बोब ड्यालनको को गीत -“God from north country…” गाएर निर्णायकहरुको मन जिते लगत्तै बिशेष आग्रहमा अर्को गीत – “Have you ever seen the rain…” गाउदा अत्यधिक प्रशंसा बटुलि निर्णायक “Lionel Richie” ले अमेरिकी आइडल मा स्वागत गरेका थिए ।

रियालिटी शो मा आफ्नो परिचयकै क्रममा आफु हिमाल, पहाड भएको प्राकृतिक सुन्दरता ले भरीपूर्ण अनी अती मिलनसार नागरिकहरुको देश नेपाल बाट आएको भनी प्रस्तुत हुँदा उहा एक कुशल गायक मात्र नभई असल देश प्रेमी समेत भएकोमा आभास हुन्छ ।

Hamro Din- Arthur Gunn

“लाएको माया…, प्रलय…, कर्णाली…जस्ता अत्यन्तै फरक शैलीका तथा नेपाली मौलिक शब्द चयन साथै प्रकृतीसँग नजिक रहेर दमदार जादुमय आवाज को पप रक फ्युजनका गीतहरुले स्व. कुल पोखरेलको झझल्को आउने गर्दछ ।

बिगतका केही प्रतिभावान प्रख्यात कलाकार मध्ये उदित नारायण झा, सप्तरीमा जन्मेर रेडियो नेपाल मै संगीत सिकेका अहिले भारतीय नागरिक बनेका छन । नेपाल, खुम्बुमा जन्मेर सगरमाथा आरोहण पश्चात भारत दार्जीलिङग कै नागरिक बनेर देहाबसान भयो। यि त केही उदाहरण मात्र हुन। यद्यपी कुनै देशको नागरिक बन्नु केवल प्रमाणपत्र ग्रहण होला, एक कानुनी प्रकृया मात्र होला तर कहिले काही दु:ख लाग्छ यस्ता सक्षम ब्यक्तित्वहरुले आफ्नो जननी वा वास्तबिक भु-धरातल बिर्सिदा, बिदेश मै बिलिन हुँदा ।

युवा संगीतप्रेमी गायक दिबस पोखरेल अर्थात अर्थर गनले देखाएको देशप्रेम, जन्मभुमी प्रतिको स्नेह र आफु नेपाली हुनुको वास्तबिकता कायम राखुन र उदाहरणीय युवा बनुन ।

अर्थर गननकाे सानाेकाे तस्विर । फाेटाे भिडियाेबाट

नेपाल वीर गोर्खाली, सगरमाथा, गौतम बुद्ध सँगै गीत-संगित को उर्बर भुमी समेत हो भन्ने कुराको विश्वजगतलाई ज्ञात रहोस । दिबस पोखरेलको यो सांगितिक यात्रामा सम्पुर्ण नेपालीको साथ र सहयोग अबश्य रहनेछ, उहाँलाई अग्रीम हार्दिक बधाई एबम शुभकामना ब्यक्त गर्न चाहन्छु ।

डि. चन्द ठकुरि
बेदकोट -३, दैजी सुदुरपश्चिम

(यो रचना तयार पार्न विशेष सहयोग गर्ने आत्मिय भाई फुर्बे लामा लाई हार्दिक धन्यवाद )