जित्नेछ यो विश्व कप


लेखापढी      २३ चैत्र २०७६, आईतवार ०८:२६

जित्नेछ यो विश्व कप

म यता साँघुरो कोठा भित्र,
उनी त्यहाँ फराकिलो घर भित्र,
विश्वकप खेलकुद चलेको आभास भएको छ।

तर केही फरक छ,
अहिले खेलाडि होइन भिडेको,
उत्साहित भएर होइन सोधेको…
तर पनि मनभित्रको खुलदुली तोड्दै सोध्ने गर्छु
त्यहा कती जना पुग्यो ?

उनले पनि
हरित, थकित, निन्याउरो पर्दै
जवाफ सुनाउछिन…
र अझै उत्साहित हुँदै भन्छिन
खेल सकिएको छैन प्रिय,
हामी जित्छौ,
मानव जगत पक्कै जित्नेछ यो विश्वकप !!

म यता साघुँरो कोठा भित्र,
उनी त्यहाँ फराकिलो घर भित्र,
विश्वकप खेलकुद चलेको आभास भएको छ।

हामी जित्छौ,
मानव जगत पक्कै जित्नेछ यो विश्वकप !!!

डि. चन्द ठकुरी