काेराेना भाइरसः नेपालमा नयाँ ३ जनामा संक्रमण देखियाे ।


लेखापढी      २२ चैत्र २०७६, शनिबार १३:४५

काेराेना भाइरसः नेपालमा नयाँ ३ जनामा संक्रमण देखियाे ।

नेपालमा कोरोना भाइरसबाट नयाँ तीन जना संक्रमित फेला परेका छन । यससँगै काेराेना भाइरसबाट संक्रमित हुनेहरूकाे संख्या ९ जना पुगेकाे छ ।

काेराेना भाइरसबाट संक्रमित हुनेहरू मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष, उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष, कैलालीको ३४ वर्षीय महिला (यसअघि कैलालीमा संक्रमित भेटिएका पुरूषको आफन्त) रहेकाे स्वास्थ मन्त्रालयले पुष्टि गरेकाे हाे ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तीन जनामा संक्रमण भएको पुष्टि गरेको हो। मन्त्रालयका अनुसार सातौँ संक्रमित धनगढीका चौथो संक्रमित ३४ वर्षीय युवाका आफन्त, आठौँ मुम्बैबाट फर्किएका २१ बर्षिय पुरुष र नवौँ उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ बर्षिय पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको हो।
योसँगै पहिलो पटक नेपाल भित्रै अर्को व्यक्तिमा कोरोना संक्रमण भएको पनि पुष्टि भएको छ ।

कोरोनाको नयाँ तीन जना संक्रमित फेला परेका छन १. मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष २. उत्तराखण्डबाट फर्किएका…

Posted by Ministry of Health and Population-Nepal on Saturday, 4 April 2020

लेखापढी