असल शिक्षक र शिक्षा


लेखापढी      २१ चैत्र २०७६, शुक्रबार १३:५१

असल शिक्षक र शिक्षा

एउटा नाम चलेकाे आवासिय विद्यालय थियो । त्यहाँका एक जना शिक्षकका बारेमा धेरै चर्चा/परिचर्चा हुन्थ्यो । ती शिक्षक एकदमै राम्रो पढाउने र ज्ञानी शिक्षकका रुपमा चिनिन्थे । उनले पढाएका विद्यार्थीहरु पनि निकै राम्रा विद्यार्थीहरु थिए ।

एकपटक, विद्यालयमा विद्यार्थीहरु मध्ये एक जनाले आफ्नै साथीको सामान चोरी गर्दा पक्रिए । उनीहरुले शिक्षकलाई यो कुरा वताए की एकजना विद्यार्थीले यसरी सामान चोरी गरिरहेको छ । शिक्षक केही पनि बोलेनन र उनले ती चोरी गर्ने विद्यार्थीलाई कुनै पनि सजाय दिएनन् ।

यसै गरी अर्काे पटक पनी त्यसै विद्यार्थीले चोरी गर्यो । फेरी विद्यार्थीहरुले शिक्षकलाई कम्प्लेन गरे वा वताए तर शिक्षकले फेरि पनि कुनै पनि मतलब गरेनन् । शिक्षकले ती विद्यार्थीलाई कुनै पनि सजाय दिएनन् । विद्यार्थीहरु ती शिक्षकप्रति रुष्ट भए, शिक्षकको यस्तो व्यवहारले आक्रोशित भए । तर पनि विद्यार्थीहरू सहेर बसे ।

तेश्रो पटक पनि त्यस विद्यार्थीले चोरी गरेको देखेपछि विद्यार्थीहरुलाइ असहय भयाे, समुह बनाएर ती शिक्षकको गए र भने “त्यो विद्यार्थीलाई यस विद्यालय बाट निकाल्नु भएन भने हामी यस विद्यालयबाट निस्कन्छौ” भन्दै धम्की दिए । यो कस्तो अन्याय हो, उसले हाम्रो सामान चोरि गरिरहेको छ तर तपाई किन केही गर्नु हुदैन त्यस विद्यार्थीलाई भनेर गुनासो गरे ।

शिक्षकले सोही दिन साँझको समयमा सबै विद्यार्थीहरुलाई जम्मा हुन भने । विद्यार्थीहरु सबै एकैठाउँमा जम्मा भए अनि शिक्षकले भने ।
“तिमीहरु धेरै राम्रा मान्छे छौ, असल विद्यार्थी हाैं जसले असल र खराव छुट्याउन सक्दछौं । यदी तिमीहरुले यो विद्यालय छोडेर गयौ भने पनि अर्काे विद्यालयमा भर्ना हुन समस्या पर्ने छैन । तर ती तपाईँको साथी जसलाई असल र खराव छुट्याउन सक्दैन तीनलाई कसले पढाउनेछ, कसले अर्काे विद्यालयमा भर्ना गर्नेछ ? त्यसैले कृपया गरेर तिमी धेरै राम्रा विद्यार्थीहरुलाई गुमाउनुमा मलाई कुनै पश्चाताप छैन, त्यसैले तपाइँहरू छाेडेर जान सक्नु हुन्छ । र म ती विद्यार्थी जाे चाेरी गर्दछन् तीनलाइ म यहाँबाट विद्यालय छोडेर जाऊ भनेर भन्न सक्दैन ।”

विद्यार्थीहरुको समुहमा रहेको चोर्ने केटाको गहभरी आँशु आयो । उसले आफूले गरेको पश्चाताप भयो र उसले जीवनमा कहिल्यै पनि नराम्रो काम गरेन ।

लेखापढी