विश्वास


लेखापढी      २० चैत्र २०७६, बिहीबार १३:४०

विश्वास

एउटा व्यक्ति एकपटक घुम्दै हात्तिसार (हात्ति बस्ने घर) पुग्दछ । हात्तिसारमा काेही मानिसहरू र माउते पनि थिएनन् त्यहाँ हात्तिहरू मात्र थिए । त्यहाँ हात्तिहरूलाई कुनै घर भित्र वा बार भित्र राखिएका थिएन् केवल साङ्लाेले मात्र बाँधेर राखिएका थिए।

उसलाई डर लाग्याे हात्ति फुत्किन्छ की भन्ने । उ आश्चर्य चकित भयाे । यत्राे बडेमानकाे हात्तिलाइ एउटा सानाे साङलाेले बाँधेकाे रहेछ । उसलाई लाग्याे यदी हात्तिले बल गर्याे भने याे जाबाे साङलाे त एकै छिनमा टुटाउन सक्छ र भाग्न सक्छ । आँखिर किन याे हात्तिले याे साङलाे ताेड्ने प्रयास गर्दैन ।

डरै डरले उ माउतेकाे डेरा तर्फ गयाे र माउतेलाई जिज्ञासु भएर साेध्याे “याे हात्तिले साङलाे तेाडेर भाग्ने प्रयास कहिल्यै गर्दैन ? याे हात्ति त यत्राे सानाे साङलाे त ताेडन सकिहाल्छ, तर किन भाग्दैन?”

माउतेले जवाफ दियाे “याे हात्ति सानाे छँदा हामी यही साङलाले बाध्छाै र बच्चामा यसले याे ताेड्न सक्दैन । हात्ति बिस्तारै ठुलाे हुँदै जान्छ तर साङलाे उही हुन्छ । हात्तिलाई विश्वास हुन्छ की याे साङलाे उसले ताेड्न सक्दैन त्यसैले उसले कहिले पनि याे साङलाे ताेड्ने प्रयास गर्दैन ।”

यसकाे मुख्य कारण याे हाे की हात्तिलाई विश्वास हुन्छ की याे उसले ताेडन सक्दैन

शिक्षाः संसारले तपाईंलाई कतै पछाडि समात्ने प्रयास गर्दैन, सधैं विश्वासका साथ अगाडि बढ्नुहाेस जुन तपाईं प्राप्त गर्न चाहनुहुन्छ त्याे अवश्य सम्भव छ। वास्तवमा तपाईं सफल हुन सक्नुहुन्छ भनेर विश्वास गर्नु नैं सबैभन्दा महत्त्वपूर्ण चरण हो।

Source: https://wealthygorilla.com/
Translated by: Lekhapadhee