जीवन के हाे ?


लेखापढी      २० चैत्र २०७६, बिहीबार १२:२७

जीवन के हाे ?

पानी परेको पुषको रात मुटु कपाँउने जाडोमा,
खाली खुट्टा हिंडने पाइतालाहरू लाइ सोध ।

जेठको प्रचण्ड गर्मीमा नाक ठोकिने उकालोमा,
वर्षाै देखि भारी बोक्ने पिठँयूहरू लाई सोध ।।

परिवारको गाँस जुटाउन ज्यान हत्केलामा राखेर,
पिल्सिएका किशोरहरूका अनुहार लाई सोध ।


चराचुरूङ्गी को चिरबिर संगै गाइवस्तुको,
भकारो सोहोरीरहेका हातहरू लाई सोध ।।

दुब्लो अनुहार भित्र सपनाहरू खुम्च्याइ ,
तातो घाम निलेका अनुहारहरू लाई सोध ।

एकसरो लुगामा बर्खे झरी र हिउँदे सिरेटो,
खेपीरहेका निमुखाहरू लाई सोध ।।

जीवन के हाे ?


रघुबिर चन्द
वेदकाेट-३, दैजी