लकडाउनमा साइँली (Saili) चलचित्र


लेखापढी      १९ चैत्र २०७६, बुधबार १२:४२

लकडाउनमा साइँली (Saili) चलचित्र

बैदशिक रोजगार नेपाली समाजको तीतो यथार्थ हो । नेपाली समाजमा बैदेशिक रोजगार सामान्य भइसकेको छ । खाडि मुलुक लगायत विभिन्न मुलुकमा नेपाली युवा तथा युवतीहरु रोजगारको सिलसिलामा गइरहेका हुन्छन् । वैदेशीक रोजगारमा जाने हरेक युवा/युवतीका आआफ्ना कथा-व्यथा हुन्छन् ।
चलचित्र साइलीको कथावस्तुमा पनि यीनै परिवेशलाई समेटिएको छ । प्रायजसो हाम्रो समाजमा सुनिने युवाहरुको कथावस्तुलाई भन्दा फरक एउटा वैदेशिक राेजगारमा जाने युवतीको कथावस्तुलाई समेटेर बनाइएको यो चलचित्र अन्य चलचित्र भन्दा पृथक लाग्दछ । चलचित्रमा बोलिने सम्वाद्हरुले चलचित्रलाई झन आफ्नोपन वा नेपालीपन वा अझ भनौ हाम्रो गाउँले परिवेशको झझल्को दिन्छ ।

रामबाबु गरुंगद्वारा निर्देशित चलचित्रमा दयाहा राई, गौरव पहारी, मेनुका प्रधान र केनिपा सिंहको उत्कृष्ठ अभिनय रहेको छ ।

कास्कीको सुन्दर गाउँमा बीरे (दयाहाङ राई), पिताम्बर (गौरव पहारी) मिल्ने साथी छन् । दुवै जना गाउँका बेरोजगार युवा हुन् । कथामा पिताम्बरले अर्काे गाउँकी साइली (मेनुका प्रधान)लाई मन पराउँदछ र बीरेले साइलीकी साथी सुनिता (केनिपा सिंह)लाई मन पराउँदछ । साइलीका बुबाले साइलीको विवाह अर्काे केटासँग गर्न खोजिदिन्छन् र पिताम्बरले साइलीलाई भगाउँदछ ।

पैशाको अभावमा पिताम्बर र साइलीको सम्बन्धमा खटपट हुन्छ । पिताम्बर विदेश जान खोज्दछ तर पासपोर्ट नबनेपछि साइली विदेश जान्छे । ऋणमा डुबेको पिताम्बरको परिवारमा पैशा कमाएपछि त सुख पाइयला भन्ने साइलीको सोच रहेको छ । यीनै यसै प्रकारका कथावस्तु समेटेर उत्कृष्ठ प्रस्तुति रहेको चलचित्र हो “साइली”

साइली चलिचत्र https://www.iflix.com/ मा गएर निःशुल्क हेर्न सकिन्छ । तलकाे लिंकमा क्लिक गरेर सिधै हेर्न सकिन्छ वा माेवाइलमा iflix डाउनलाेड गरेर पनि हेर्न सकिन्छ ।

https://www.iflix.com/np/en/play/movie/241515

लेखापढी