स्वास्थ्य मन्त्रालयकाे ब्रिफिङः बुटवलमा मृत्यु भएका युवककाे काेराेना रिपाेर्ट नेगेटिभ, मृत्यु भएका ३ जनाकाे रिपाेर्ट आउन बाँकी


लेखापढी      १७ चैत्र २०७६, सोमबार १९:२७

स्वास्थ्य मन्त्रालयकाे ब्रिफिङः बुटवलमा मृत्यु भएका युवककाे काेराेना रिपाेर्ट नेगेटिभ, मृत्यु भएका ३ जनाकाे रिपाेर्ट आउन बाँकी

बुटवलस्थित कोरोना विशेष अस्पतालमा मृत्यु भएका पाल्पा रिब्दीकोटका बाबुराम थापा क्षेत्रीमा कोरोना नभएको पुष्टि भएको छ । मृत्यु भएपछि स्वाव परीक्षणका लागि टेकु पठाइएको थियो । टेकुमा गरिएको परीक्षणमा रिपोर्ट नेगेटिभ आएको जानकारी स्वास्थय मन्त्रालयले दिएकाे छ । यसै गरी पाटन अस्पतालमा मृत्यु भएका १ जना र बीर अस्पतालमा मृत्यु भएका २ जनाकाे रिपाेर्ट आउन बाँकी रहेकाे स्वास्थ मन्त्रालय जनाएकाे छ ।

स्वास्थ मन्त्रालयकाे ब्रिफिङ अनुसार हालसम्म ९९३ काेराेना परिक्षणहरू भएका छन् जसमध्ये नयाँ ७६ वटा परिक्षण रहेका छन् र सबै नेगेटिभ रहेका छन् । काेराेनाबाट संक्रमितहरू सँग आएका हरूकाे कन्ट्याक्ट ट्रेसिङ भइरहेकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।

यसै गरी काेराेना भाइरसका बारेमा जानकारी प्रदान गर्नका लागि दुइवटा कलसेन्टर नम्बरहरू १११५ र ११३३ मा आएका १३०० भन्दा बढी कलहरूकाे उत्तर दिइसकेकाे समेत जनाएकाे छ । विभिन्न प्रदेशहरूमा ९३ जना आइसाेलेसनमा रहेका र २१७ नमुना संकलन भएकाे स्वास्थ मन्त्रालयले जनाएकाे छ ।

सोमबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका विज्ञ सल्लाहकार डा। खेम कार्कीले भने, ‘जो मर्‍यो, त्यो कोरोनाले मर्‍यो भन्ने ढंगले जसरी प्रचारप्रसार भएको छ । यो दुःखद् कुरा हो ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हरेक मृत्युलाई कोरोना भाइरस ९कोभिड–१९० सँग नजोड्न आग्रह गरेको छ । गाउँघरमा कसैको मृत्युभयो भने कोरोनाकै कारण मृत्युभएको भन्दै मलामी समेत नजाने अवस्था आएको भन्दै मन्त्रालयले त्यसो नगर्न ध्यानाकर्षण गराएको छ ।

थप जानकारी भिडियाेबाट

Novel Coronavirus (COVID-19) Media Briefing 2076.12.16

Novel Coronavirus (COVID-19) Media Briefing 2076.12.16#COVID-19

Ministry of Health and Population-Nepal यांनी वर पोस्ट केले रविवार, २९ मार्च, २०२०
Novel Coronavirus (COVID-19) Media Briefing 2076.12.17

लेखापढीः एजेन्सीकाे सहयाेगमा