काेराेना भाइरसः भारतमा संक्रमित हुनेहरूकाे संख्या १ हजार नाघ्याे, मृत्यु हुनेकाे संख्या २९


लेखापढी      १७ चैत्र २०७६, सोमबार १२:३४

काेराेना भाइरसः भारतमा संक्रमित हुनेहरूकाे संख्या १ हजार नाघ्याे, मृत्यु हुनेकाे संख्या २९

विश्वभर महामारिकाे रूपमा फैलिरहेकाे काेराेना भाइरस (काेभिड-१९) बाट भारतमा संक्रमित हुनेहरूकाे संख्या १ हजार नाघेकाे छ । वर्ल्डाेमिटरका अनुसार भारतमा काेराेना भाइरस (काेभिड-१९)बाट संक्रमित हुनेहरूकाे संख्या १ हजार ७१ रहेकाे छ भने मृत्यु हुनेकाे संख्या २९ पुगेकाे छ ।

विश्वभर काेराेना भाइरसबाट संक्रमित हुनेहरूकाे संख्या याे समाचार तयार पारुञ्जेल सम्ममा ७ लाख २३ हजार २ सय ८७ रहेकाे छ भने मृत्यु हुनेहरूकाे संख्या ३३ हजार ९ सय ९३ पुगेकाे छ । काेराेनाभाइरसबाट बढी संक्रमित हुने देशमा संयुक्त राज्य अमेरिका रहेकाे छ हाल त्यहाँ १ लाख ४२ हजार ७ सय ३५ जना संक्रमित भएका छन् भने २,४८८ जनाकाे मृत्यु भइसकेकाे छ । काेराेना भाइरसकाे संक्रमणबाट सबैभन्दा बढी मृत्यु हुने देशमा इटली रहेकाे छ जहाँ मृत्यु हुनेकाे संख्या १०,७७९ पुगेकाे छ ।

नेपालमा हालसम्म काेराेना भाइरसबाट संक्रमित हुनेहरूकाे संख्या ५ जना रहेकाे छ भने १ जना निकाे भएर घर फर्किसकेका छन् । संक्रमितहरू मध्ये २ जनाकाे काठमाडाैंमा, १ जना बाग्लुंगमा र १ जना धनगढीमा उपचाररत रहेका छन् र सबैकाे स्वास्थ्य अवस्था सामान्य रहेकाे छ।


लेखापढी