लकडाउनकाे समयमा घरमा कसरी समय बिताउने ? यस्ता छन उपायहरू (भिडियाे सहित)


लेखापढी      १६ चैत्र २०७६, आईतवार १९:०३

लकडाउनकाे समयमा घरमा कसरी समय बिताउने ? यस्ता छन उपायहरू (भिडियाे सहित)

नेपालमा कोरोना भाइरसको संक्रमणको जोखिमबाट बच्नका लागि सरकारले लकडाउन गरेको छ । विगत ६ दिनदेखि लकडाउन भएर घरमा बसिराख्नु भएको छ । पक्कै पनि मोबाइल, टिभि, ल्यापटप चलाउँदा र पुस्तक पढ्दा पढ्दा दिक्क लागिसकेको छ होला । नेपालकाे अवस्था हेर्दा लकडाउन लम्बिन सक्ने अवस्था पनि रहेकाे छ ।

यसरी लामो समयमा घरमा बसिरहँदा एक्लोपन, उकुसमुकुस हुनु स्वाभाविक हो तर यसको विकल्प कसैसँग छैन, तपाइँ घरमै बस्नु पर्ने छ र तपाइँलाई आफू पनि सुरक्षित रहनु छ र अरूलाइ पनि सुरक्षित बनाउनु पर्नेछ । लकडाउनका समयमा घरबाहिर नजानु सम्पूर्ण नेपालीको कर्तव्य हो । यसबाट तपाइँ र तपाइँको परिवार सुरक्षित हुन्छ भने, यसबाट समाज, समुदाय र देश पनि सुरक्षित रहनेछ ।

तर, ख्याल गर्नु पर्ने विषयहरू पनि धेरै छन्, तपाइँ घरमा बसिरहँदा तपाइँको शारीरिक र मानसिक स्वास्थ्य पनि उत्तिकै राम्रो हुनु जरूरी छ । तपाइँ घरमा बसिरहनु भएको छ भने पक्कै पनि तपाइँलाई कोरोना संक्रमणको जोखिम त कम हुन सक्छ तर तपाइँको आफ्नो शारीरिक र मानसिक स्वास्थको ख्याल तपाइँले आफैले गर्नु पर्ने हुन्छ  । त्यसैले घरमा बसेर लामो समयसम्म सुतेर वा मोबाइल वा टिभि हेरेर मात्र समय विताउनु त्यत्ति उत्तम नहुन सक्छ । सामाजिक सञ्जालमा फैलाइएका विभिन्न अपवाहले तपाइँको मानसिक स्वास्थ्यमा असर पर्न सक्छ ।  घरमा बस्दा समय काट्न तपाइँहरूलाई मुस्किल भएको होला त्यसैले लेखापढीले केही यस्ता उपायहरू छन् जसले तपाइँको शारीरिक र मानसिक स्वास्थमा सहयोग पुग्न सहयोग पुर्याउन मद्दत गर्न सहयाेग पुर्याउनेछ । 

१) याे समयलाई अवसरको रूपमा प्रयोग गर्नुहोस, यसले तपाइँलाई तपाइँको परिवारसँग राखेको छ । मनमा कतै पनि शंका नगर्नुहोस की काम नभएर यसरी बस्नु परेको भनेर, केवल यो सोच्नुहोस की तपाइँलाई यो समयले जुराएको हो र तपाइँ आफ्नो कर्तव्यकाे पालना गरिरहनु भएकाे छ । 

२) तपाइँ टेलिभिजनमा समाचार हेर्न सक्नुहुनेछ तर विभिन्र अनलाइन खबरका समाचार हेरेर समय नबिताउनुहोस । अनलाइनमा समाचार हेर्नका लागि निश्चित प्रकारका वा भरपर्दा वा आधिकारिक वेवसाइटहरू मात्र प्रयोग गर्नुहोस । 

३) सामाजिक सञ्जालहरूमा विभिन्न अपवाह फैलाइरहेका छ्न् जसले तपाइँलाइ भ्रमित पारिदिनसक्छ त्यसैले त्यस्ता समाचारमा विश्वास नगर्नुहोस, त्यस्ता समाचारहरूमा संका लागे आधिकारिक समाचार माध्यमहरूमा खोज्नुहोस । 

४) घरमा बालबालिकाहरू छन् भने तीनीहरूसँग कुरा गरेर वा कुनै खेल खेलेर समय विताउनुहोस । उनीहरूलाइ डर लागिरहेको हुन सक्छ त्यसैले कोरोना भाइरसबारे स्पष्ट रूपमा बताउनुहाेस । बालबालिकाहरूलाइ जीवन जीउने तरिका सिकाउनुहाेस । आफ्ना जीवनका अनुभवहरू सेयर गर्नुहाेस ।

५) धेरै समय ओछ्यानमा पल्टेर मोबाइल, आइप्याड वा ल्यापटप नचलाउनुहोस बरू सोफा वा कुर्सिमा बस्नुहोस ।  काेठामा भएपनि हिड्नुहाेस ।

६) बिहानको समयमा तपाइँ योगा गर्नुहोस, योगाको समय अन्य समयभन्दा अलिकति लम्ब्याउन सक्नुहुनेछ । याेगा पनि परिवारसँग बसेर वा मिलेर गर्दा अझ उत्तम हुनेछ । ध्यानकाे समय बढाउनुहाेस । ध्यान गर्नुहाेस ।

७) भान्छामा सरिक भएर खानाका परिकार बनाउनुहोस, भान्छा कोठामा परिवार बसेरै खाना पकाउनुहोस  र सँगै बसरे खानुहोस । 

८) अहिले प्रायःजसो हात हातमा मोबाइल हुने, ल्यापटप हुने भएकोले सबै जना एक्लै बसेर चलाइरहेका हुन्छन् तर यस समयमा परिवार नैं सँगै बसेर वा मिलेर वा एक साथ मुभि, डकुमेन्ट्रि लगायतका अडियो भिडियो सामाग्रिहरू हेर्नुहोस । 

९) घरमा पुस्तकहरू छन् भने एक्लै पढेर बस्नु भन्दा परिवारका सदस्यहरूलाइ सुनाउँदै पढ्नुहोस वा पालै पालो एकजनाले पढ्ने र अरूले सुन्ने वा कमेन्ट गर्दै पढ्नुहोस । 

१०) घरमा समुहगत रूपमा रहेर काेठामा खेल्न मिल्ने खेलहरू खेल्नुहोस  वा प्रस्तुतिहरू गर्नुहोस  ( बोर्ड गेमहरू चेस, लुडो, अन्ताश्री), रूम म्याराथुन, खाेखाे,  प्रस्तुती ( गीत, नृत्य, नाटक)

११) खालि समयमा घरको सरसफाइ गर्नुहोस, घरको सजावट बदल्न सक्नुहुनेछ । 

Living Room, Couch, Interior, Room, Home

१२) खालि समयलाई तपाइँले अझ बढि रचनात्मक बनाउनका लागि सिर्जनाहरू गर्नुहाेस – गीत, कथा, कविता, नाटक, निवन्ध, उपन्यास लगायतका लेख्ने, जीवन उपयाेगी पुस्तकहरू पढ्ने ।

खाली समयकाे सदुपयाेग गर्नुहाेस । नअात्तिनुहाेस बरू सजग र सतर्क रहनुहाेस । अत्यावश्यक काम बिना घर बाहिर ननिस्कनुहाेस । बाहिर जानै परे केटाकेटीहरूलाइ नलानुहाेस । काम विशेषले बाहिर निस्किदा शारिरीक दुरी कायम गर्नुहाेस । घरमा पाहुना नबाेलाउनुहाेस । अाफू पनि सजग हुनुहाेस अरूलाइ पनि सजग गराउनु हाेस ।

लेखापढी