लकडाउन चैत्र २५ गतेसम्म गर्ने सरकारकाे निर्णय


लेखापढी      १६ चैत्र २०७६, आईतवार २१:५६

लकडाउन चैत्र २५ गतेसम्म गर्ने सरकारकाे निर्णय

सरकारले काेराेना भाइरस (काेभिड-१९) काे संक्रमणकाे जाेखिमबाट बच्न, संक्रमण हुन नदिन लकडाउन चैत्र २५ गते राती १२ बजेसम्म गर्ने निर्णय गरेकाे छ ।

अाइतबार साँझ बसेकाे मन्त्रिपरिषद्काे बैठकले देशव्यापि लकडाउनकाे अवधि ८ दिन बढाउने निर्णय गरेकाे हाे । यस अघि घाेषणा गरिएकाे लकडाउन चैत्र १८ गते बिहान ६ बजेसम्मलाइ ताेकिएकाे थियाे ।

मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले एक सय ५० युनिटसम्म विद्युत उपभोग गर्ने ग्राहकहरुलाई फागुन र चैतको विद्युत महसुलमा २५ प्रतिशत छुट दिने निर्णय गरेको हो । यसै गरि सरकारले श्रमिकहरूकाे लगत तयार गरी स्थानीय तहले राहत वितरण गर्ने निर्णय पनि गरेकाे छ भने इन्टरनेट शुल्कमा २५ प्रतिशत छुट दिनका लागि सरकारले निर्देशन दिएकाे छ । सवारी साधनकाे नविकरण बैशाख मसान्तसम्ममा गर्न छुट दिइएकाे छ ।

लेखापढी