काेराेना भाइरसः विश्वभर मृत्युहुनेकाे संख्या ३० हजार भन्दा बढी

काेराेना भाइरसका कारण विश्वभर ३० हजार भन्दा बढीकाे ज्यान गएकाे छ । वर्ल्डाेमिटरकाे तथ्यांक अनुसार हालसम्म काेराेनाभाइरसबाट संक्रमण हुनेहरूकाे संख्या ६ लाख ६४ हजार ५ सय ६४ रहेकाे छ भने ३० हजार ८ सय ९० ले ज्यान गुमाइसकेका छन् । तथ्यांक अनुसार  याे समाचार तयार पार्दा सम्म १ लाख ४२ हजार ३६८ जना मात्र निकाे भएकाे देखाएकाे छ। 

काेराेना भाइरसका कारण सबैभन्दा बढी मृत्यु हुनेमा इटली पर्दछ जहाँ यसका कारण १० हजार २३ जनाले ज्यान गुमाएका छन् । तथ्यांक अनुसार सबैभन्दा बढी संक्रमित हुने देशहरूमा संयुक्त राज्य अमेरिका रहेकाे छ जहाँ १ लाख २३ हजार ७७६ जना संक्रमित भएका छन् भने अमेरिकामा ज्यान गुमाउने हरूकाे संख्या २ हजार २ सय २९ रहेकाे छ । 

काेराेना भाइरसबाट संक्रमित हुने सार्क राष्ट्रहरू मध्ये सबैभन्दा बढी पाकिस्तानमा १४९५ जना रहेका छ्न् भने मृत्युहुनेहरूकाे संख्या १२ रहेकाे छ । सार्क राष्ट्रहरूमा सबैभन्दा बढी मृत्यु हुनेमा भारत रहेकाे छ जहाँ २५ जनाकाे मृत्यु भइसकेकाे छ भने संक्रमितहरूकाे संख्या ९८७ रहेकाे वर्ल्डाेमिटरमा जनाइएकाे छ ।

Embed from Getty Images  

चीनकाे बुहानबाट सुरूभएकाे काेराेना भाइरस युराेपमा बढी संक्रमण देखिएकाेमा हाल याे संक्रमण सबैभन्दा बढी अमेरिकामा रहेकाे छ ।


Source :https://www.worldometers.info/coronavirus/


Lekhapadhee Magazine

 159 total views

Your Thought
Spread the love !

You May Also Like

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x