नेपालमा पाँचाैं व्यक्तिमा काेराेनाभाइरस संक्रमणकाे पुष्टिः काेराेना संक्रमित बाग्लुङकी युवती


लेखापढी      १५ चैत्र २०७६, शनिबार १६:४९

नेपालमा पाँचाैं व्यक्तिमा काेराेनाभाइरस संक्रमणकाे पुष्टिः काेराेना संक्रमित बाग्लुङकी युवती

नेपालमा थप एकजनामा कोरोना संक्रमण देखिएको छ  र याे सँगै नेपालमा संक्रमितकाे संख्या औपचारिक रूपमा ५ जना पुगेकाे छ ।

बेल्जियमबाट नेपाल आएकी बाग्लुङकी एक युवतीमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । बेल्जियमबाट कतार हुँदै काठमाडौं आइपुगेकी १९ वर्षकी युवतीलाई कोरोना देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकासराज देबकोटाले जानकारी दिए ।

नेपालमा कोभिड(१९ बाट संक्रमितको संख्या औपचारिक रुपमा ५ पुगेको छ । संक्रमित मध्ये एक जना निको भएर घर गइसकेकी छन् भने दुई जनाको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र एकको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

हालसम्म विदेशबाट अाएका नेपालीमा मात्र संक्रमण देखिएकाे छ भने नेपालमा रहेका नेपालीमा संक्रमण देखिएकाे छैन । 

वर्ल्डाेमिटरकाे जानकारी अनुसार हालसम्म ६ लाख १३ हजार ६ सय २९ जना संक्रमित भइसकेका छन् भने २८ हजार २२९ जनाकाे मृत्यु भइसकेकाे छ र यसै गरी १ लाख ३७ हजार २२४ जना ठीक भइसकेका छन् ।


लेखापढीः एजेन्सीकाे सहयाेगमा