कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १५ कराेड जम्मा


लेखापढी      १५ चैत्र २०७६, शनिबार १९:०८

कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १५ कराेड जम्मा

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (COVID-19) रोगको संक्रमणलाई फैलिन नदिन तथा सोको रोकथाम एवं नियन्त्रणका लागि नेपाल सरकारद्वारा स्थापना गरिएकाे काेषमा शुक्रबारसम्ममा विभिन्न संघसंस्थाहरूबाट १५ कराेड ३१ लाख  ३ हजार २२२ जम्मा भएकाे छ । 

यो सहयोग कोभिड–१९ रोकथाम, नियन्त्रण तथा उपचारका लागि अत्यावश्यक व्यक्तिगत सुरक्षा उपकरण (पीपीई), स्वास्थ्य सामग्री, पीसीआर परीक्षण किट किन्न तथा क्वारेन्टाइनका साथै संक्रमित बिरामीको उपचारमा उपयोग हुनेछ ।

काेषमा सबैभन्दा बढी एनसेलले १० कराेड जम्मा गरेकाे छ । कृषि बिकास बैंकले १ कराेड २५ लाख जम्मा गरेकाे छ।  यसै गरि भाटभटेनी सुपर मार्केट, निर्माण व्यवसायी काेष, एन इ बि एलले १/१ कराेड जम्मा गरेका छन् । नेपाली कांग्रेस केन्द्रीय कार्यालयले ५० लाख जम्मा गरेकाे छ। 

काेषमा संस्था तथा महानुभावहरुको नाम तथा उहाँहरुले उपलब्ध गराउनुभएको रकमको विवरण देहाय बमोजिम रहेको प्रधानमन्त्री कार्यालयले जनाएकाे छ । 

नेपाल सरकाले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष खडा गरेकाे छ । काेषकाे विवरण निम्नानुसार रहेकाे छ ।
Account Name: “CORONA VIRUS CONTROL AND TREATMENT
Bank Name: “Rastriya Banijya Bank Ltd.
Account Number: 196000001101,
Branch: Singhadarbar Parisar


लेखापढी