काेराेना भाइरसः उपत्यका बाहिर धनगढीमा भेटिए १ जना काेराेना संक्रमित


लेखापढी      १४ चैत्र २०७६, शुक्रबार १९:४०

काेराेना भाइरसः उपत्यका बाहिर धनगढीमा भेटिए १ जना काेराेना संक्रमित

धनगढीकाे सेती प्रादेशीक अस्पतालमा काेराेना भाइरस (काेभिड-१९)काे संक्रमण देखिएकाे छ । यससँगै नेपालमा काेराेना भाइरसकाे संक्रमित संख्या ४ जना पुगेकाे छ । 

स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिएअनुसार प्रादेशिक अस्पताल धनगढीमा उपचाररत रहेको जानकारी दिएका छन् ।

दुबईबाट आएका उनी चैत ११ गते अस्पताल भर्ना भएका थिए। “उनी दुबईबाट आएका हुन्। उनको बारेमा विस्तृत विवरण प्राप्त गर्दैछौं,” मन्त्रालयका प्रवक्ता देवकोटाले भने , “उनी चैत ११ गते भर्ना भएका थिए। स्वाबको नमुना परीक्षण गर्दा उहाँमा पोजेटिभ देखिएको हो।” 


लेखापढीः एजेन्सीकाे सहयाेगमा