बझाङका एक घरबेटीले गरे दुई महिनाको घरभाडा नलिने घोषणा- Lekhapadhee


लेखापढी      १३ चैत्र २०७६, बिहीबार ०९:५३

बझाङका एक घरबेटीले गरे दुई महिनाको घरभाडा नलिने घोषणा- Lekhapadhee

चैत्र-१३ बझाङ  – विश्वभरी माहामारीको रुपमा कोरना भाईरसको प्रभावमा परेर दैनिका काम गरेर खानेको जनजिवन अस्तव्यस्त भईरहेको छ । आयआर्जनका श्रोत रोकिदा भाडामा बस्नेलाई नियमित रुपमा तिर्नुपर्ने भाडा कसरी तिर्ने भन्ने चिन्ताले सताउन थालेको छ ।

यसैबिच बझाङमा एक घरबेटीले आफ्नो घरमा बस्नेबाट २ महिनाको भाडा नलिने घोषणा गरेका छन । बझाङको सुर्मा गाँउपालिका घर भई सदरमुकाम चैनपुरमा व्यवसाए गर्दै आएका दान बहादुर सुर्मेलीले आफ्नो घरमा वसेका निजामती कर्मचारी बाहेक विद्यार्थी र व्यापारीबाट घरभाडा नलिने घोषणा गरेका हुन ।

बझाङ उद्योग वाणिज्य संघका अध्यक्ष्य समेत रहेका सुर्मेलीले जिल्लाका कोरेन्टाईनका लागि भवन अभाव भएमा उद्मोेग वाणिज्य संघको सभाहललाई प्रयोग गर्न पनि आग्रह गरेका छन ।

Source: Godawarinews.com