लकडाउनकाे पहिलाे दिन, देशभर कहाँ कहाँ के के भयाे ।


लेखापढी      ११ चैत्र २०७६, मंगलवार २१:२७

लकडाउनकाे पहिलाे दिन, देशभर कहाँ कहाँ के के भयाे ।

कोरोना भाइरसको संक्रमणको जोखिमलाई मध्यनगर गर्दै सरकारले चैत ११ गते बिहान ६ गतेदेखि चैत १८ सम्म लागू हुनेगरी पूरै देश लकडाउन गर्ने निर्णय गरिएको थियाे । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण सम्बन्धि उच्चस्तरिय समन्वय समितिले लकडाउनको निर्णय गरिएकाे थियाे ।

आज नेपाल र विदेशमा के के भयाे भन्ने बारेमा हेडलाइन समाचारहरू संक्षिप्तमा

  • बजार क्षेत्र सुनसान, काेराेना लक्षण देखिएका केही नेपाली क्वारेन्टाइनमा
  • कृश्चियनलाई कोरोना लाग्दैन भन्दै अफवाह फैलाउने पास्टर पक्राउ
  • लकडाउन ताेड्ने उल्लंघन गर्नेलाइ विभिन्न ठाउँमा कारवाही
  • दक्षिणी सीमा क्षेत्रमा अलपत्र परेका नेपालीलाई अन्तिमपटक छिर्न दिइने तर १४ दिन क्वारेन्टाइनमा बस्नु पर्ने 
  • विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भइरसका कारण आगामि जुलाई २४ बाट आयोजना हुने भनिएको ओलम्पिक १ वर्षकालागि स्थगित । याे इतिहासमा पहिलाेपटक स्थगित भएकाे हाे । 
  • चितवनमा आइसोलेसनमा रहेका एक बिरामीको मृत्यु, कोरोना संक्रमण देखिएन ।
  • काेराेना संक्रमणका कारण अमेरिकामा एक नेपालीकाे मृत्यु । मृतक पाँचथरका ५० बर्षिय अनिल लिम्बु रहेको
  • चीनले हुबेईको लकडाउन बुधबारदेखि हटाउने, ग्रेटवाल आंशिक रुपमा खुला
  • भारतमा मंगलबार रातिबाट देशभरि २१ दिन पूर्ण लकडाउन
  • भारतमा कोरोनाका कारण ज्यान गुमाउने संख्या १० पुग्यो
  • कोरोनाबाट स्पेनमा २४ घण्टामा ५१४ जनाको मृत्यु, ५४ सय स्वास्थ्यकर्मी संक्रमित
  • कोरोना संक्रमित युवतीसँग आएका १२५ यात्रुको ठेगाना खुल्यो, सम्पर्कमा आउन बाँकी
  • यूएईमा कोरोना संक्रमित २ जना नेपाली नागरिक ‘निको भए’
  • हान्ता भाइरसबाट चीनमा एकजनाको मृत्यु
  • पशुपति आर्यघाटमा १० जना मात्रै मलामी जान पाइने
  • क्वारेन्टाइन, आइसोलेसन र स्वास्थ्यकर्मी तयारी अवस्थामा

साभारः विभिन्न समाचार माध्यमबाट 

लेखापढी