नेपाल लकडाउनः चैत्र ११ देखि १८ गतेसम्म देशै लकडाउन


लेखापढी      १० चैत्र २०७६, सोमबार १४:२३

नेपाल लकडाउनः चैत्र ११ देखि १८ गतेसम्म देशै लकडाउन

कोरोना भाइरसको संक्रमणको जोखिमलाई मध्यनगर गर्दै सरकारले पूरै देश लकडाउन गर्ने निर्णय गरेको छ ।

चैत ११ गते बिहान ६ गतेदेखि चैत १८ सम्म लागू हुनेगरी पूरै देश लकडाउन गर्ने निर्णय गरिएको हो । 

कोरोना भाइरस रोकथाम तथा नियन्त्रण सम्बन्धि उच्चस्तरिय समन्वय समितिले लकडाउनको निर्णय गरेको हो। यो सँगै भोलीदेखि कुनैपनि व्यक्ति घर बाहिर निस्कन पाउने छैनन्। त्यस्तै सार्वजनिक सवारी साधन बन्द हुनेछ। आन्तरिक उडान रोकिनेछ। सुरक्षाकर्मी, स्वास्थ्यका कर्मचारी र अत्यावश्यक सेवाका कर्मचारी मात्र हिँडडुल गर्न पाउनेछन्। 

अनुमतिप्राप्त बाहेक सबै प्रकारका सार्वजनिक र निजी सवारीसाधनमा रोक लगाइएको छ।औषधि, खाद्यवस्तु, स्वास्थ्य उपकरण, पानी, दूध र इन्धन लगायत अत्यावश्यक क्षेत्रका बाहेक सबै निजी उद्योग पनि बन्द गरिने जनाइएको छ।