कैलालीमा बम बिष्फाेट; एक जनाकाे मृत्यु


लेखापढी      ९ चैत्र २०७६, आईतवार ०८:४३

कैलालीमा बम बिष्फाेट; एक जनाकाे मृत्यु

कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ फुलबस्तीमा पितल जस्तो देखिने बस्तु बिस्फोट हुँदा  १  जनाकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा  ४० वर्षीय नरबहादुर बिकको रहेकाे प्रहरीले जनाएको छ।

कसरी भयाे विष्फाेट

जिल्ला प्रहरी कार्यालय प्रवक्ता प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले दिनेश खबरलाई जंगलमा भेटिएको वस्तु आगोमा तताउँदा पड्किएर बिकको मृत्यु भएको जानकारी दिएकाे बताइएकाे छ । 

ईलाका प्रहरी कार्यालय मालाखेतीबाट प्रहरी नायब उपरिक्षक ज्ञानबहादुर विष्ट नेतृत्व टोली घटना स्थल तर्फ प्रस्थान गरेको दीनेश खबरले बताएकाे छ । 


साभारः दीनेश खबर


लेखापढी डटकम