काेराेना भाइरस – एकैदिन इटालीमा ६२७ मृत्यु । युवाहरू जोखिममुक्त नभएको डब्ल्यूएचओकाे भनाइ

कोरोना भाइरस (काेभिड १९) को संक्रमणबाट इटालीमा शुक्रबार एकैदिन थप ६२७ जनाको मृत्यु भएको छ। यससँगै कोरोना भाइरस(कोभिड–१९) को संक्रमणबाट इटालीमा मृत्यु हुनेको संख्या ४ हजार ३२ पुगेकाे छ भने युरोपमा मात्रै मृत्यु हुनेको संख्या ५ हजार नाघेको छ । कोरोनाभाइरस सङ्क्रमण चीनकाे बुहानप्रान्तबाट सन् २०१९ को डिसेम्बरमा शुरू भएकाे थियाे भने हाल युरोप यसको केन्द्रविन्दु बनेको छ। चीनमा भन्दा इटलीमा काेराेनाभाइरसका कारण मृत्यु हुनेकाे संख्या बढीसकेकाे छ । 

इटालीमा कोरनाभाइरसको संक्रमणबाट ज्यान गुमाउनेमा अधिकाशं प्रौढ उमेरका मानिसहरू रहेका छन्। विश्व स्वास्थ संगठन डब्ल्यूएचओले समेत युवाहरू जोखिम रहेकाे विविसीले जानकारी दिएकाे छ । अनलाइन पत्रकार सम्मेलनमा बोल्दै डा. टेड्रोस एड्हानोम गेहब्रेयससले भने: “धेरै उमेरका मानिसहरूलाई बढी प्रभावित पारेपनि यसबाट युवा जोखिममुक्त छैनन्”

काेराेना भाइसकाे संक्रमणबाट शुक्रबार कहाँ कति मृत्यु ?

शुक्रबार मात्रै इटालीमा ६२७, स्पेनमा २६२, इरानमा  १४९, फ्रान्समा ७८, अमेरिकामा ५४, बेलायतमा ३३, नेदरल्यान्ड्समा ३०, जर्मनीमा २४, बेल्जियममा १६, स्विजरल्यान्डमा १३, दक्षिण कोरियामा ११, चीनमा ७, इन्डोनेसियामा ७, स्विडेन,टर्कीमा ५/५ जना, डेनमार्क, हंगेरी, पेरु, इक्वेडरमा ३–३ जना, पोर्चुगल, अल्जेरिया, युएईमा २, ब्राजिल, इराक, ग्रिसमा ४, डायमन्ड प्रिन्सेस पानीजहाजमा १, इजरायल, मलेसिया, पाकिस्तान, लक्जेम्बर्ग, इजिप्ट, भारत, फिलिपिन्स, ताइवान, सर्बिया, कोस्टारिका, मोरक्को र गाबोन – एक/एक जनाकाे मृत्यु भएकाे समाचार एजेन्सीहरूले जनाएका छन् ।

काेभिड १९ बारे सामान्य जानकारी

· सरसफाईमा उचित ध्यान दिनुहोस्– साबुन पानीले पटकपटक हात धुने र स्यानिटाइजर प्रयोग गर्ने गर्नुहोस् ।
· भीडभाडबाट टाढै रहनु होस्,
· सकेसम्म घरमै बस्नुहोस्,
· अत्यावश्यक वस्तुको अधिक सञ्चय नगर्नु होस्,
· हल्ला र अफवाहहरूबाट भ्रमित र प्रभावित नहुनुहोस्,
· चिकित्सक, विज्ञ तथा प्राविधिकहरुको सल्लाहलाई पालना गर्नुहोस्,
· धैर्यवान हुनुहोस् र संयमता अपनाउनु होस्, र
· सावधान हुनुहोस् तर आतङ्कित नहुनुहोस् ।

काेराेना भाइरसकाे संक्रमणबाट जाेगीअाैं र अरूलाइ पनि जाेगाअाैं । अपवाह वा हल्ला नफैलाअाैं ।


साभारः विविसी नेपाली र अन्य समाचार एजेन्सी



लेखापढी डटकम


कुन कार्यालय बन्द हुन्छन् ? कुन हुदैनन? ९ गतेपछि !

प्रधानमन्त्रीकाे सम्बाेधनकाे पूर्ण पाठ

 607 total views

Your Thought
Spread the love !

You May Also Like

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x