नेपालमा “लकडाउन”काे सम्भावना कति


लेखापढी      ७ चैत्र २०७६, शुक्रबार ०६:५४

नेपालमा “लकडाउन”काे सम्भावना कति

कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले बुधबार र बिहीबार गरेको विभिन्न निर्णयपछि नेपालमा ८० देखि ९० प्रतिशतसम्म लकडाउनकाे स्थितीमा गइसकेकाे भएता पनि पूर्ण रूपमा लकडाउन भने भइसकेकाे छैन । 

चीनकाे बुहान प्रान्तबाट सुरू भएकाे काेराेना भाइरस (काेभिड-१९) काे संक्रमणा  विश्वमा हाल फेलिइरहेकाे छ । विश्व स्वास्थ्य संगठनले यसलाई महामारीकाे संज्ञा दिइसकेकाे छ । युरोपेली मुलुक इटालीमा कोरोनाभाइरस काेभिड १९ बाट संक्रमणका कारण मृत्यु हुनेको संख्या बिहीबार तीन हजार नाघेको जनाइएकाे छ । काेराेनाभाइरसका कारण चीनमा मृत्यु भएका व्यक्तिभन्दा याे संख्या  बढी हो ।

अमेरिकी राज्य क्यालिफोर्नियामा तीन करोड ९० लाख भन्दा बढी मानिसलाई घरभित्रै बस्न आदेश दिइएको छ । अमेरिकामा यति कठोर कदम चाल्ने क्यालिफोर्निया पहिलो राज्य हो । भारतका प्रधानमन्त्री नरेन्द्र माेदीले देशबासीका नाममा सम्बाेधन गर्दै “जनता  कर्फ्यू” लगाइसकेका छन् । 

प्रधानमन्त्री नरेन्द्र मोदीको कोरोनासँग लड्ने मन्त्र, ‘जनता कर्फ्यू’

यसै गरी युराेपका विभिन्न ठाउँ, फिलिपिन्समा पनि लकडाउन गरि सकिएकाे छ । यसै गरी काेराेनाकाे संक्रमणबाट बच्नका लागि विभिन्न देशले लकडाउन गरिसकेका छन् भने कतिपय देशहरू लकडाउनका अवस्थामा रहेका छन् र कतिपय देश लकडाउनकाे तयारीमा रहेका छन् । 

हालकाे नेपालकाे लकडाउनकाे अवस्था 

 कोरोना भाइरस संक्रमणको सम्भावनालाई मध्यनजर गर्दै सरकारले आवश्यक परे ‘लकडाउन’ समेत गर्नका लागि चारवटै सुरक्षा निकाय र स्वास्थ्यकर्मी सम्मिलित मोडालिटीको गृहकार्य गरेको छ । संक्रमण फैलन नदिन र संक्रमणबाट नागरिकलाई सुरक्षित राख्न निश्चित अवधिसम्म ‘सेल्फ क्वारेन्टाइन’ को व्यवस्था मिलाउनु पर्ने आँकलन गर्दै गृहमन्त्रालयले यस्तो गृहकार्य गरेको कान्तिपुर दैनिकले बताएकाे छ । 

काेराेनाका कारण नेपालमा हालसम्म कसैकाे ज्यान गएकाे छैन तर नेपालमा लगभग लकडाउनकाे अवस्था लागु भइसकेकाे छ । नेपालले यसभन्दा पहिले नैं सिनेमा हलदेखि डान्स बारसम्म बन्द गरिसकेकाे छ भने एसइइकाे परिक्षा समेत राेकिसकेकाे छ।भने एसइइ परिक्षा, लाेकसेवाका परिक्षा लगायत विश्वविद्यालयका परिक्षा समेत राेकिसकेकाे छ । भने नेपाल सरकारले बिना काम घरबाहिर ननिस्कीन सर्व साधारणालाइ अपिल समेत गरिसकेकाे छ ।

सिनेमा हल, डान्स क्लब, रङ्गशाला, डान्स क्लब बैशाख १८ गतेसम्म बन्द गर्ने सरकारकाे निर्णय

एसइइ SEE (माध्यमिक शिक्षा) परिक्षा स्थगीत

नेपाल सरकारले यूरोप, पश्चिम एसिया, खाडीसँगै, इरान, मलेसिया, दक्षिण कोरिया, जापान लगायत ६६ मुलुकबाट नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरिसकेकाे छ र  यो प्रतिबन्ध चैत ७ गते शुक्रबार मध्यरातबाट लागू हुँदैछ । यसबाट प्रष्ट हुन्छ की मुलुक ८० देखि ९० प्रतिशत सम्म लकडाउन भइसकेकाे अवस्थामा रहेकाे छ भने पूर्ण रूपमा लगडाउन गर्न सक्ने अवस्था सिजर्ना भयाे भने नेपाल त्यसकाे पूर्व तयारीमा समेत बसिसकेकाे छ । 

के नेपालमा लकडाउन हाेला त ?

अबकाे केही दिनमा विश्व लगायत नेपालमा काेराेना संक्रमणाकाे जाेखिमलाइ हेरेर यसबारे केही निर्क्याैल गर्न सकियता । नेपालमा हालसम्म काेराेना संक्रमण हालसम्म नदेखिएकाेले यसकाे सम्भावना एकदमै कम रहेकाे छ तर नेपालमा संक्रमण देखिन थालेमा पक्कै पनि नेपालमा पनि लकडाउन गर्नु पर्ने अवस्था सिर्जना हुन सक्नेछ । चीनमा काेराेना संक्रमणलाइ कम गर्नका लागि लामाे समयसम्म लकडाउन गरिएकाे थियाे । 

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को दक्षिण–पूर्वी एसिया क्षेत्रीय कार्यालयले कोरोनाको संक्रमण फैलन नदिन आग्रह गरिसकेकाे छ राष्ट्रसंघीय बालकोष युनिसेफले आधाभन्दा धेरै नेपालीलाई साबुन पानीले हात धुने सुविधा नभएको जनाउँदै काेभिड-१९काे संक्रमण भएमा नेपाल जाेखिममा रहेकाे बताएकाे छ । युनिसेफका अनुसार संसारभरका हरेक ५ जनामध्ये ३ जनासँग मात्र हात धुने सुविधा छ । ‘नेपालमा कुल जनसंख्याको आधाभन्दा धेरैको पहुँचमा साबुनपानीले हात धुने सुविधा छैन’ युनिसेफले भनेको छ ।

त्यसैले नेपालमा संक्रमणकाे जाेखिम भएता पनि काेराेनाबाट संक्रमण हालसम्म भइसकेकाे छैन त्यसैले यदी अाउँदा दीनमा कारेानाकाे संक्रमण देखिएमा नेपालमा लकडाउन गर्नुपर्ने परिस्थिति सिर्जना हुन सक्दछ । 

याे पनि पढ्नुहाेस । 

हात धुने उत्तम तरिका

१. बगिरहेको पानीमा हात भिजाउने,

२. भिजेको हातमा मनग्गे साबुन लगाउने,

३. हत्केलाको पछाडि, औंलाको बीच, नङको भित्र लगायत हातका सबै भागमा कम्तिमा २०सेकेण्डसम्म राम्रोसँग मिच्ने,

४. बगिरहेको पानीले राम्ररी हात पखाल्ने,

५. सफा कपडा वा एकपटक मात्र प्रयोग गरिने तौलियाले हात सुकाउने।


लेखापढी डटकम विचारप्रधान अनलाइन म्यागजीन हाे । यसले जीवन, ज्ञान, विज्ञान, साहित्य क्षेत्रका विचारहरू समेटेने गर्दछ । यसले विचारहरु समेटेर अनलाइनमा प्रकाशन गर्दछ । तपाईंहरुका विचारहरु पनि हामीलाई लेखी पठाउनुहोस हामी प्रकाशन गरी जनमानसमा पुर्याउने छौं । हाम्राे इमेल ठेगाना lekhapadhee@gmail.com