सेल्फ आइसोलेसन के हाे ? कसरी गर्ने ?


लेखापढी      ७ चैत्र २०७६, शुक्रबार १२:५४

सेल्फ आइसोलेसन के हाे ? कसरी गर्ने ?

कोरोना भाइरसको संक्रमण विश्वभर फैलिरहेको वर्तमान परिवेशमा हामी सबैले सेल्फ क्वारेन्टाइन वा सेल्फ आइसोलनको बारेमा पक्कै सुनेका छौं । कोरोना भाइरसको संक्रमणबाट जाेगीन, अरुलाई जोगाउन वा भित्रिन नदिन विदेशबाट आएका विदेशीले सेल्फ क्वारेन्टाइन र नेपालीले होम क्वारेन्टाइनमा बस्नुपर्ने नेपाल सरकारले बताउँदै आएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओले)ले कोभिड–१९ लाई विश्वव्यापी महामारीका रुपमा घोषणा गरेपछि सरकारले उच्च सतर्कता अपनाउँदै आफैँ सुरक्षित स्थानमा बस्नुपर्ने निर्णय गरेको हो । 

के हो सेल्फ आइसोलेसन ?

सेल्फ आइसोलेसन भनेको आफूलाई बाहिरी दुनिँयाबाट आफूलाई अलग राखि एक्लै बस्नु हो । सेल्फ भनेको आफू र आइसोलेसन भनेको अलग हो जसकाे अर्थ आफूलाई अरुबाट वा बाहिरी संसारबाट अलग वा कसैको सम्पर्कमा नआई अलग्गै बस्नु हो । सेल्फ आइसोलेसन रोगी व्यक्तिलाई निश्चित अवधिसम्म छुट्टै राख्ने प्रक्रियालाई आइसोलेसन भनिन्छ। अनि रोगी व्यक्ति अस्पताल नगई आफैं छुट्टै बस्ने प्रक्रिया सेल्फ आइसोलेसन हो। कोरोनाभाइरस प्रमाणित भएका बिरामी जो सामान्य अवस्थामा छन, घरमै आराम गरेर बस्नुलाई यहाँ सेल्फ आइसोलेसन भनिएको हो। जसलेअस्पतालमा हुने अनावश्यक जोखिमबाट आफू पनि बचिन्छ र अरुलाई पनि बचाउन सकिन्छ। बुझ्नुपर्ने कुरा के हो भने सेल्फ आइसोलेसन र सेल्फ क्वारेन्टाइनको मुख्य उद्देश्य अरुलाई रोग सर्न नदिनु हो।

के फरक छ सेल्फ आइसोलेसन र सेल्फ क्वारेन्टाइनमा ?

बिरामी भइसकेको वा संक्रमणका लक्षणहरु देखा परिसकेको मानिसले सेल्फ आइसोसनमा बस्ने र बिरामी भइसकेको छैन तर विरामी मानिससँग सम्पर्क भएको वा विरामी हुने जस्तो लक्षण देखिएको छ र उ अलग्गै बस्छ भने त्यो सेल्फ क्वारेन्टाइन हो । कोरोना भाइरसको संक्रमण फैलिएको क्षेत्रबाट आएका वा अन्य कोही संक्रमित व्यक्तिसँग सम्पर्क भएका सबै व्यक्ति शुरूमै १४ दिनको आइसोलेसन वा क्वारेन्टाइनमा बस्नुपर्छ। संक्रमित व्यक्तिले निकाे नहुँदा सम्म सेल्फ आइसोसनमा बस्नु पर्दछ ।

कसरी बस्ने सेल्फ आइसोलेसन वा सेल्फ क्वारेन्टाइन

  • आइसोलेसन’को समयमा घरमै बस्ने तथा काम गर्ने कार्यालय, स्कुल र सार्वजनिक क्षेत्रमा नजाने।
  • सार्वजनिक यातायात र ट्याक्सी पनि प्रयोग नगर्ने।
  • ‘सेल्फ(आइसोलेसन’को समय खोल्न सकिने झ्याल भएको कोठामा बस्ने।
  • अरू व्यक्तिलाई उक्त घरमा आउन जान दिनु हुँदैन।
  • कुनै सामान चाहियो वा केही किन्नुपर्ने भयो वा औषधि नै चाहियो भने त्यसरी मगाएको सामान साथी वा परिवारजनले ‘सेल्फ(आइसोलेसन’मा बसेको व्यक्तिलाई उनीहरूले ढोकामा छोडिदिन सक्छन् ।
  • यदि तपाईं सम्भावित संक्रमित हुनुहुन्छ भने आफ्नो बालबच्चा, श्रीमान, श्रीमती वा बुढापाका अनि आफन्तहरुबाट सम्भव भएसम्म छुट्टै बस्नुहोस्। 
  •  यदि सम्भव छ भने छुट्टै कोठामा बस्नुहोस्। अन्य मानिसबाट करिब ६ फिट जतिको दूरी कायम राख्नुहोस्।
  • सकेसम्म छुट्टै बाथरुमको प्रयोग गर्नुहोस् तर नेपालको सन्दर्भमा यो व्यावहारिक नहुन सक्छ।
  • तपाईंले छोएका वा खोक्दा छिट्टा परेका सतहहरुमा समेत भाइरस हुन सक्छन, त्यसैले विचार पुर्यारउनुहोस्। 
  • साबुन पानीले कम्तीमा २० सेकेन्ड मिचीमिची हात धोऔं। घरपालुवा जनावरबाट टाढा बस्नुहाेस
  • बिरामी वा संकास्पद लक्षण भएकाहरुले मास्कको सही तरिकाले प्रयोग गरौं।

आफूले जानेको कुरा सबैलाई सिकाऔं, अफवाह नफैलाऔं।


लेखापढी डटकम साभारः विभिन्न समाचार माध्यमबाट