काेराेना भाइस सम्बन्धी प्रायः साेधिने प्रश्नहरू


लेखापढी      ६ चैत्र २०७६, बिहीबार ०५:४७

काेराेना भाइस सम्बन्धी प्रायः साेधिने प्रश्नहरू

नोबेल कोरोना भाइरस भनेको के हो ?

यो नयाँ प्रजातिको भाइरस हो जुन मानव जातिमा पहिले पहिचान गरिएको थिएन । यस भाइरसले मानिस र पशुहरुमा संक्रमण गर्दछ । यस भाइरसले सामान्य रुघाखोकी देखी गम्भीर प्रकारको तीव्र श्वासप्रश्शाव सम्म गराउन सक्दछ ।

के मानिसमा जनावरहरुबाट नोवेल कोरोना भाईरस संक्रमित हुन सक्दछ ?

नोबेल कोरोना भाइरस जनावरबाट मानिसमा संक्रमित भएको बैज्ञानिक आधार हाल छैन ।

के नोेबेल कोरोना भाइरस र SARS एउटै हुन ?

सन २००३ मा देखिएको क्ब्च्क् र नोबेल कोरोना भाइरस एउटै प्रजातिका भाइरस हुन । दुवै भाइरसले बिरामीलाई गम्भीर बनाउन सक्दछन् । सबैभन्दा महत्वपूर्ण कुरा नोबेल कोरोना भाइरस मानिसहरु बीच सजिलै सर्न सक्दछ ।

मानिस कसरी यो भाइरसबाट संक्रममित हुन सक्छ ?

मानिस कसरी यो भाइरसबाट संक्रमित भएका छन् भन्ने बारेमा आजसम्म बैज्ञानिक तबरले पुष्टि भएको छैन । हाल यस विषयमा अनुसन्धान भइरहेको छ ।

के यो एक व्यक्तिबाट अर्काे व्यक्तिमा सर्न सक्दछ ?

अहिले निर्धक्ताका साथ भन्न सकिने अवस्था छैन । एउटै परिवारका सदस्यहरु बिरामी भएको पाइएकोले, मानव मानव बीचमा सिमित तबरले सर्ने सम्भावना रहेको अनुमान गरिएको छ । साथै परिवारका सदस्यहरु एकै श्रोतबाट संक्रमण भएको हुन सक्ने सम्भावना पनि रहेको छ ।

यस भाइरसको संक्रमणबाट कसरी बच्न सकिन्छ ।

सामान्यतः यस भाइरसको संक्रमण कसरी हुन्छ भन्ने बारेमा एकिन जानकारी छैन । तथापि रुखा, खोकी तथा श्वासप्रश्वास सम्बन्धी बिरामीको नजिक नजाने, हातको सरसफाई नियमित गरेमा संक्रमणको सम्भावना कम हुन्छ ।

के कोरोना भाइरसको लागि उपचार छ ?

नोबेल कोरोना भाइरसले गर्दा हुने रोगको लागि कुनै खास उपचार छैन । यद्यपी यो भाइरसले निम्त्याएका धेरै लक्षणहरुको उपचार गर्न सकिन्छ, त्यसैले बिरामी उपचार लक्षणको आधारमा गरिन्छ । साथै यस भाइरसको विरुद्ध हाललाई कुनै खोप छैन । अमेरिका, चीन लगायतका मूलुकहरु यसको खोप बनाउने प्रयासमा जुटेका छन् ।


लेखापढी डटकमः नेपाल सरकारकाे सूचनाका अाधारमा


लेखापढी डटकम विचारप्रधान अनलाइन म्यागजीन हाे । यसले जीवन, ज्ञान, विज्ञान, साहित्य क्षेत्रका विचारहरू समेटेने गर्दछ । यसले विचारहरु समेटेर अनलाइनमा प्रकाशन गर्दछ । तपाईंहरुका विचारहरु पनि हामीलाई लेखी पठाउनुहोस हामी प्रकाशन गरी जनमानसमा पुर्याउने छौं । हाम्राे इमेल ठेगाना lekhapadhee@gmail.com