सबैभन्दा युटुबमा धेरै हेरिएका ५ नेपाली गीत – गीत सहित


लेखापढी      ५ चैत्र २०७६, बुधबार ०६:५७

सबैभन्दा युटुबमा धेरै हेरिएका ५ नेपाली गीत – गीत सहित

सूचना र प्रविधिकाे विकाससँगसँगै गीत संगीत क्षेत्रमा समेत धेरै विकास भइरहेकाे छ । युट्युब  फेब्रुअरी २००५ बाट सन्चालन गरेको भिडियो राख्न, निकाल्न तथा हेर्न मिल्ने वेबसाइट हो । हाल यो संस्था गुगलको स्वामित्वमा रहेको छ । 

नेपाली गीत/संगीत/चलचित्र (अडियाे/भिडियाे) काे क्षेत्रमा युटुबकाे विशेष प्रभाव रहेकाे छ । एउटा समय डिस्क रेकर्डकाे थियाे । विस्तारै विस्तारै प्रविधिकाे विकास सँगसँगै क्यासेट प्लेयर, सिडि प्लेयर, पेनड्राइभ हुँदै अहिले अनलाइनकाे समयमा पुगीसकेकाे छ । 

आजको समयमा कुनै पनि गीतहरु युटुव मार्फत रिलिज हुने गरेका छन् । कलाकार तथा श्रष्ट्राहरुले समेत आफ्नो आम्दानीको श्रोत युटुव बनाएका छन् । हाल नेपाली बजारमा समेत युटुबको विशेष प्रभाव रहेको छ ।

आज हामी यहाँ युटुवमा सबैभन्दा बढी हेरिएका ५ गीतहरुको चर्चा गर्ने छौं ।

१. कुटुमा कुटु सुपारी दाना 

कुटुमा कुटु सुपारी दाना  गीत याे समाचार तयार पारुञ्जेल युटुवमा बाह्र कराेड बाइसलाख पन्ध्रहजार तीन सय अठ्ठाइस पटक हेरिसकिएकाे छ ।  फिल्म ‘दुई रुपैयाँ’ को ‘कुटुमा कुटु सुपारी दाना’ बोलको भिडियो गीत May 28, 2017 मा अपलाेड गरिएकाे थियाे । हाइलाइट्स नेपालको युटुब च्यानल मार्फत ‘कुटुमा कुटु’ बोलको भिडियो गीत जेठ १४ गते सार्वजनिक भएको थियो। असिम साहले निर्देशन गरेको भिडियोमा फिल्म निर्देशक निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्काले नृत्य गरेका छन्।  गीतको शब्द तथा संगीत राजनराजको रहेको छ भने गायिका मेलिना राई र गायक राजन इसानले स्वर दिएका छन्।

गीतकाे भिडियाे । 

२. माया लुकी लुकी 

माया लुकी लुकी गीत सातकराेड बयान्नबे लाख अठ्हत्तर हजार चार सय बाउन्न पटक हेरिसकिएकाे छ । जुन ७ २०१८ मा याे गीत अपलाेड गरिएकाे थियाे । आनन्द अधिकारीको शब्द रचना, आशिष अविरलको संगीत र संगीत-संयोजनले सजिएको उक्त गीतको बोल ‘माया लुकी लुकी’ रहेको छ ।

गीतकाे भिडियाे 

३. पिरिम नलाउने 

गीत पिरिम नलाउने बोलको गीत युटुवमा धेरै हेरिने नेपाली गीत मध्ये ३ नम्बरमा रहेकाे छ । यस गीतकाे हालसम्म पाँच कराेड असि लखा बहत्तर हजार चारसय सतासि पटक हेरिसकिएकाे छ । दसैँ अगाडि अक्टोबर ९ मा सार्वजनिक गीत सार्वजनिक भएको थियो। गीतमा आशिष सचिन र मेलिना राईको स्वर रहेको छ भने गीतलाई दीपक शर्माले कम्पोज गरेका थिए। गीतको शब्द पनि दीपककै छ। गीतमा नायिका वर्षा राउत र गायक आशिष गौचनले अभिनय गरेका छन्। गीतको कोरियोग्राफि गम्भिर विष्टले गरेका हुन्।

गीतकाे भिडियाे 

४. सालको पातको टपरी

सालकाे पातकाे टपरी नेपाली लाेकगीत नेपाली संगीत क्षेत्रमा सबैभन्दा बढी चर्चा कमाएकाे गीत हाे । सालकाे पातकाे टपरी गीतकाे श्राेता एवम् दर्शकहरूले एकमदमै रूचाएकाे गीत हाे । यस गीत युटुबमा  पाँच कराेड अठ्हत्तर लाख अन्ठानब्बे हजार छ सय एघार पटक हेरिएकाे छ । याे रेकर्ड ब्रेकिंग गीत पनि हाे । कुलेन्द्र विश्वकर्मा र विष्णु माझीकाे स्वर रहेकाे गीतकाे संगीत बसन्त थापाले गरेका हुन । गीत नबराज पन्तले लेखेका हुन । 

५. पर्ख पर्ख मायालु 

फिल्म मंगलम’मा समावेश पर्ख पर्ख मायालु बोलको गीत चार कराेड पटक हेरिसकिएकाे छ । याे नेपाली गीतहरू मध्ये धेरै हेरिएकाे गीतमा पाँचाै नम्बरमा पर्दछ । लोक लयमा तयार भएको गीतमा दिपक शर्माको शब्द तथा संगीत रहेको छ। गीतमा कृष्ण काफ्ले र विन्दु परियारले स्वर दिएका छन्।

लेखापढी डटकम

लेखापढी डटकम विचारप्रधान अनलाइन म्यागजीन हाे । यसले जीवन, ज्ञान, विज्ञान, साहित्य क्षेत्रका विचारहरू समेटेने गर्दछ । यसले विचारहरु समेटेर अनलाइनमा प्रकाशन गर्दछ । तपाईंहरुका विचारहरु पनि हामीलाई लेखी पठाउनुहोस हामी प्रकाशन गरी जनमानसमा पुर्याउने छौं । हाम्राे इमेल ठेगाना lekhapadhee@gmail.com