चीनले तीन अमेरिकी पत्रकारलाई देश छाड्न आदेश, अमेरिकाले भन्यो यसमा पुनर्विचार गर्नु ।


लेखापढी      ५ चैत्र २०७६, बुधबार १६:३२

चीनले तीन अमेरिकी पत्रकारलाई देश छाड्न आदेश, अमेरिकाले भन्यो यसमा पुनर्विचार गर्नु ।

चीनले तीन जना अमेरिकी पत्रकारहरुलाई आफ्नो देश छोड्नका लागि आदेश गरेको छ ।

यसमा न्यूयोर्क टाइम्स, द वाल स्ट्रीट जर्नल र वाशिङ्गटन पोष्टका पत्रकारहरू रहेका छन् । चीन सरकारले उनीहरूलाइ १० दिन भित्र प्रेस अनुमति पत्र फिर्ता गर्न भनेकाे छ । चीनका अर्धस्वायत्त क्षेत्र हङ्‌कङ र मकाउमा समेत ती पत्रकारले काम गर्न नपाउनेगरी मन्त्रालयले प्रतिबन्ध लगाएको छ।

अमेरिका सँगकाे सम्बन्ध विग्रीएका कारण यस्ताे गरिएकाे विश्लेषकहरू बताइरहेका छन् । यस अघि काेराेना भाइरसलाइ अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पले चिनीया भाइरस भनेकाेमा चीनले अापत्ती जनाउँदै अाक्राेस पाेखेकाे थियाे ।

गत महिना द वाल स्ट्रीट जर्नलले चीन एसियाकाे विरामी भन्ने लेख छापिएकाेमा चीनले दुइ जना पत्रकारहरूलाइ निकालेकाे थियाे ।

उक्त लेख पढनका लागि तल लींकमा जानुहाेस । 

A Chinese woman wears a protective mask in Beijing, Feb. 3.
PHOTO: KEVIN FRAYER/GETTY IMAGES

china-is-the-real-sick-man-of-asia

लेखापढी डक कमः एजेन्सीकाे सहयाेगमा