एसइइ परिक्षा तालिका। परिक्षा सकेकालाई ३ हप्तासम्म स्कुल नबोलाउन अपिल


लेखापढी      ४ चैत्र २०७६, मंगलवार १५:५५

एसइइ परिक्षा तालिका। परिक्षा सकेकालाई ३ हप्तासम्म स्कुल नबोलाउन अपिल

यस वर्ष २०७६ सालको एसइइ परिक्षा चैत्र ६ गतेदेखि चैत्र १७ गतेसम्म देशभरका १९९५ परिक्षा केन्द्रमा सञ्चालन हुने भएको छ । यस परिक्षामा कुल ४लाख ८२ हजार२१ छात्रछात्रा परिक्षामा सम्मिलित हुँदै छन् । विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइरसको संंक्रमणको जोखिमलाई कम गर्न प्रयाप्त सावधानी अपनाएको शिक्षा मन्त्रालयले जनाएको  छ । 

नेपाल सरकार शिक्षा मन्त्रालय ३ हप्ता विद्यार्थीलाई स्कुलमा कुनै पनि कामले नबोलाउन अपिल गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोरोना भाइरसका कारण ३ हप्ता विद्यार्थीलाई विद्यालयमा नबोलाउन अपिल गरेका हुन् । भर्ना, विघालय भेला, अभिवावक भेला, नतिजा सार्वजनिककरण भर्ना लगायतका कार्यहरू राेक्न शिक्षा मन्त्रालयले अपिल गरेकाे हाे 

एसइइ परिक्षा तालिकानेपाल सरकारकाे अपिल

[pdf-embedder url=”https://lekhapadhee.com/wp-content/uploads/2020/03/अपील.pdf”]