एउटा गाउँमा आगलागि भयो । गाउँका मानिसहरु डरले यताउता भाग्दै थिए । गाउँलेहरु आफ्नो ज्यान बचाउन र आफ्नाहरुको ज्यान बचाउन रुदै कराउँदै यताउता भाग्न थाले ।
आगलागि भइरहेको देखेर एउटा सुगा नदीमा गई आफ्नो चुच्चोमा पानी ल्याएर आगोमा छर्किन गयो र उसले आगोमा पानी छर्क्यो । सुगाले पटक पटक यस्तो गर्दै थियो ।
गाउँलेहरुले यसरी एउटा चराले आफ्नो चुच्चोमा पानी ल्याएर आगो निभाएको देखेपछि गाउँलेहरुलाई पनि लाग्यो की हामीहरु सबैले प्रयास गर्याै भने यो आगो निभ्छ । सबै जना मानिस आगो लागेको ठाउँमा पानी हाले । आगलागि रोकियो ।
यो सबै घटना चीलले हेरिरहेको थियो,
चीलले सुगालाइ सोध्यो, तीमिले हालेको पानीले त आगो पनि निभ्दैन, आँखिर किन यसरी पानी हालि राखेको थियाैं आगोमा ?
सुगाले चीललाई भन्यो ।
“मैले पानी हालेर आगो निभ्यो वा निभेन त्यो ठुलो कुरा होइन तर जब यस आगलागीको कुरा हुनेछ, आगो निभाउनेमा मेरो नाम पनि आउनेछ, न की तेरो जस्तो तमासा हेर्नेमा !”
लेखापढीडटकम